एनपीएलमा जनकपुरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा
काठमाण्डू, विनोद भण्डारीको अर्धशतकीय पारीसँगै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार भएको पहिलो क्वलिफायर खेलमा जनकपुर बोल्ट्सलाई आठ विकेटले हाउँदै सुदूरपश्चिमले फाइनलमा स्थान बनाएको हो । जितका लागि एक सय ४० रनको मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिमले १८.३ ओभरमा दुई विकेटको क्षतिमा एक सय ४१ रन जोड्दै लक्ष्य पूरा गरेको थियो…
सम्पत्ती न्यूज
३ पुष २०८१, बुधबार