सर्वोच्चद्वारा दुर्गा प्रसाईंको मुद्दामा बन्दीसहित उपस्थित हुन आदेश

  Sampatti News

December 17, 2024

काठमाण्डू, सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मुद्दामा कारण देखाऊ र बन्दीसहित उपस्थित गराउन आदेश गरेको छ ।

बुधबार सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्दै सो आदेश गरेको हो ।

पछिल्लो पटक जिल्ला अदालतले साइबर अपराधबाहेक अर्कोमा म्याद थप गरेपछि प्रसाईँका छोरा नीराजन प्रसाईँले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए ।

प्रकाशित मिति:December 17, 2024