डा. शंकरप्रसाद शर्मालाई भारत र डा. नेत्रप्रसाद तिम्सिना मलेसियाका लागि आवासीय राजदूत नियुक्त

  Sampatti News

December 18, 2024

काठमाण्डू, राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका लागि भारत र मलेसियाका राजदूत नियुक्त गरेका छन् ।

उनले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा. शंकरप्रसाद शर्मालाई भारत र डा. नेत्रप्रसाद तिम्सिनालाई मलेसियाका लागि आवासीय राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:December 18, 2024