चीनमा पुनः बढ्न थाल्याे कोरोना भाइरस संक्रमितको संख्या
काठमाडौं- चीनमा केही दिनयता कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेको पाइएको छ ।पछिल्लो केही दिनयता संक्रमित व्यक्तिको संख्या बढ्न थालेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीले बताएका छन् । चीनका विभिन्न सहरमा कोरोना भाइरसका संक्रमितहरुको संख्या सोमबार मात्र ३ हजार भन्दा बढी पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । सोमबारको तथ्यांक अनुसार यहाँ ३ हजार २९७ जना कोरोना संक्रमित देखिएका हुन् ।…
सम्पत्ती न्यूज
६ बैशाख २०७९, मंगलवार