न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा गभर्नरको रिट

  Sampatti News

April 19, 2022

काठमाडौँ-राष्ट्रबैकका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिट न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा परेको छ ।

अर्थमन्त्री जर्नादन शर्माले छानबिन समिति बनाएपछि स्वतः निलम्बनमा परेका गभर्नर अधिकारीले सरकारले निलम्बन फुकुवा गरी पूर्ववत् अवस्थामै कामकाज गर्न दिन अन्तरिम आदेशको माग गरि सर्वोच्चमा रिट दायर गरेका थिए ।

आइतबार सर्वोच्चमा रिट दायर गरिएको उक्त मुद्धाको आज न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा प्रारम्भिक सुनवाई हुन लागेको हो ।

चैत २५ गते बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको थियो ।

जाँचबुझ समिति गठन भएपछि अधिकारी स्वतस् निलम्बनमा परेका थिए ।

अधिकारीले रिटमा आफूमाथि गरिएको निलम्बन फुकुवा गरी पूर्ववत् कामकारबाही गर्न दिन अन्तरिम आदेशको माग गरेका गरेका छन् ।

सर्वोच्चले अन्तरिम आदेश दिएमा अधिकारी काममा फर्किने छन्।

प्रकाशित मिति:April 19, 2022