भारतमा एकै दिन ९० प्रतिशतले बढ्यो संक्रमितको संख्या – चौथो लहर संकेत

  Sampatti News

April 19, 2022

काठमाडौं- विश्व्यापी महामारीको रुपमा फैलिएका कोरोना भाइरसको चौथो लहर भारतमा संकेत देखिन थालेको छ ।
कोरोना भाइरसको चौथो लहर संकेत देखिन थालेपछि भारतमा एकै दिनमा संक्रमितको संख्या झन्डै ९० प्रतिशतले बढेको छ ।
भारतमा पछिल्लो २४ घण्टामा २ हजार १ सय ८३ नयाँ संक्रमित भेटिएका छन् ।

अघिल्लो दिन संक्रमितको संख्या १ हजार १ सय ५० थियो । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण पछिल्लो २४ घण्टामा २ सय १४ जनाको मृत्यु भएको छ ।

भारतमा संक्रमितको संख्या एकाएक बढ्न थालेपछि राज्य सरकारहरूले फेरि आम मानिसले अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड जारी गर्न थालेका छन् । नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशका केही सहरमा मास्कलाई पुनः अनिवार्य गरिएको छ भने सभा, सम्मेलनमा रोक लगाइएको छ ।

प्रकाशित मिति:April 19, 2022