नेपाल मुस्लिम सङ्घको अध्यक्षमा मन्सुरी निर्वाचित
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम सङ्घको केन्द्रीय अध्यक्ष पदमा अतावुल मन्सुरी निर्वाचित भएका छन् । सङ्घको गए राति काठमाडौँको राष्ट्रिय सभागृहमा सम्पन्न तेस्रो महाधिवेशनबाट मन्सुरीको नेतृत्वमा ८७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । अध्यक्षमा मन्सुरसहित मोहम्मद निजामुद्दिनले मनोनयन दर्ता गराएका थिए । तर सहमतिका लागि जनाउँदै निजामुद्दिनले मन्सुरीलाई समर्थन गरेपछि उनी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्…
सम्पत्ती न्यूज
९ आश्विन २०८०, मंगलवार