सुन काण्डको छानबिन गराएरै छोड्छौं: ओली

  Sampatti News

September 25, 2023

काठमाडौं । सुन तस्करी प्रकरणलाई लिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनकाण्डमा सरकारले जाँचबुझ आयोग गठनमा ढिलाइ गरेको भन्दै आपत्ती जनाएका छन्। सोमबार एमाले बागमती प्रदेश अधिवेशनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले सुन काण्डमा सरकारले आलटाल गरे ढिलै भएपनि एमालेले छानबिन गरेर छोड्ने चेतावनी दिएका छन्।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १०० किलो सुन पछि ६१ किलो मात्रै भएको जानकारी गराएको भन्दै आपत्ती जनाए।  ‘विमानस्थलबाट १०० किलो सुन बरामद भयो भन्ने सुनियो, पढियो पनि । एकमहिनापछि ६१ किलो सुन देखाइयो,’उनले भने,’ ४९ किलो सुन कहाँ गयो ?

 एक महिनासम्म सुन तस्करीको व्यापाक छानबिन हुनुपर्छ भनेर दबाब दिँदा मात्रै  छानबिन गर्न सरकार तयार भएको उनको भनाइ छ।  उनले बिजुली चुरोटमार्फत् भित्रिएको भनिएको साढे ९ किलो सुन कहाँ गयो भन्दै प्रश्न गरे। उनले सबै सुन प्रकरणको एक-एक गरी छानबिन हुनुपर्ने माग गरे। ओलीले सुन काण्डका भरिया मात्रै नभइ कारोबारीलाई समात्नुपर्ने बताए।

सुनकाण्ड मात्रै नभइ सबै भ्रष्टाचारका विषयमा छानबिन हुनुपर्छ भन्दा उल्टै एमालेतर्फ अनेक आरोप लाग्ने गरेको बताए।  

प्रकाशित मिति:September 25, 2023