नेप्से ५.८९ अंकले घट्यो कारोबार रकम पनि घट्यो

Nepal Cover
८ आश्विन २०८०, सोमबार
image

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार करिब साढे १९ अंक घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ५.८९ अंकले घटेर दुई हजार ४ दशमलब ४५ विन्दुमा बन्द भएको हो ।   

त्यस्तै, आज एक अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका ९२ कम्पनीको शेयरमूल्य बढेको छ भने १२९ कम्पनीकोे शेयरमूल्य घटेको छ । १० वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

सात कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा माइखोला हाइड्रोपावर लिमिटेड, एशियन हाइड्रोपावर लिमिटेड, मन्दाकिनी हाइड्रोपावर लिमिटेड, हिमालयन लघुवित्त वित्तीय संस्था, हिमालयन उर्जा विकास कम्पनी, सयपत्रि हाइड्रोपावर लिमिटेड र इस्टर्न हाइड्रोपावर लिमिटेड रहेको छ ।   

आज शुभम् पावर लिमिटेड र थ्रीस्टार हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज ७ करोड ६८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।        

१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएको लगानी उपसमूहको परिसूचक यस दिन सर्वाधिक ०.९५ प्रतिशत घटेको छ।