सुनचाँदीको मुल्यमा गिरावट
आज सोमबार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर ९१ हजार ४०० रुपैयाँमा कायम भएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको ९० हजार ९०० रुपैयाँमा कायम भएको छ । साथै, आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेर ११ सय ७५ रुपैयाँमा कायम भएको छ ।
सम्पत्ती न्यूज
३ आश्विन २०७९, सोमबार