खोटाङ हेलिकप्टर दुर्घटनाका घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याइयो
काठमाडौं । खोटाङमा हेलिकोप्टर दुर्घटना भएको छ । आज बिहान काठमाडौंबाट शव लिएर गएको एयर डाइनेष्टिको हेलिकोप्टर कोपीलासगढी गाउँपालिका २काे खार्ताम्छामा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार घाइते राईलाई सोही कम्पनीको अर्को हेलिकप्टरमार्फत काठमाडौँ ल्याई उपचारको व्यवस्था गरिएको हो। दुर्घटनाका बेला चालकसहित कुल ६ जना सवार रहेकोमा अन्य पाँच जना सकुशल रहेको जनाइएको छ।
सम्पत्ती न्यूज
४ चैत्र २०८२, बुधबार