काठमाडौं । भर्खरै प्राप्त जनादेशको दुई तिहाईको सरकार बन्ने गृह कार्य चलिरहेको बेला भ्रष्टाचार अति भो सुशासन कायमको माग राख्दै गरिएको नागरिक बिद्रोहको जगमा बनेको शुशिला कार्की मन्त्री मण्डलका शहरी बिकास मन्त्री तीन करोड असुल्दै शहरी बिकास तथा भबन बिभागका महानिर्देशक बदल्न सचिबलाई दबाब बढाउदै गरेको समाचारले सिहरबार गर्माएको छ।
प्राप्त जानकारी अनुसार जेन्जी आन्दोलन पछि बनेको सरकारले काममा नतिजा नदेखिएकोले शहरी बिकास तथा भबन बिभागको महानिर्देशक रबिन्द्र बोहरालाई जिम्मेवारी दिएको थियो। बिभागमा महानिर्देशकको जिम्मेवारी पाए संगै संगै बिभागका रोकिएका कामहरुको रफतार एकाएक अगाडि बढाएका थिए । बिभागमा कामको लय लिदै गरेको अवस्था हुदाहुदै चार महिना जागिर अवधी बाकी रहेका सहसचिव रक्रबती कण्ठ करोडौं बुझाएर महानिर्देशक बन्न किन लागिपरेका हुन प्राबिधिक प्रशासक नै चकित परेका छ्न। प्राप्त जानकारी अनुसार महानिर्देशक बोहरालाई प्रधानमन्त्री सुशीला कार्की सरकारले नै झण्डै चार महिना अगाडि नियुक्त गरे संगै सुस्त गतिमा निर्माणकार्य भैरहेको नयाँ सांसद भबन को निर्माणकार्यले थप तीव्रता पाए पछि नयाँ निर्वाचित प्रतिनिधिसभा सदस्यहरुको बैठक हल सुचारु गराउने अवस्थामा बल्ल पुर्याएका छ्न्।पछिल्ला दिनमा बिभागका दिनरात नभनी काममा खटिरहेको देखिन्छ।
जानकारी अनुसार भ्रस्टाचारको अन्त्य र सुशासन स्थापनाको मुल मर्म बोक्ने जेन जी आन्दोलन पछि बनेको चुनावी सरकारले सफलतापूर्वक चुनाव सम्पन्न गरेर नयॅा जनादेश सहितको सरकार बन्न गईरहेको अवस्थामा भूमी ब्यवस्था तथा गरिवी निवारण र शहरी विकास मन्त्रालय हेर्ने मन्त्री प्रा डा कुमार इगंनाम भूमी ब्यवस्था मन्त्रालयबाट बिदाई भैसकेका छ्न। तिनै मन्त्री एउटा मन्त्रालय बाट बिदाइ भैसकेका अर्को शहरी विकास मन्त्रालयबाट समेत ५ गते बिदाई हुने कार्यक्रम बनाएको अवस्थामा जादाजादै कामचोरहरुको योजना बमोजिम शहरी विकास तथा भवन विर्माण विभागमा ४ महिना अघि मात्र महानिर्देशकको जिम्मेवारी सम्हालेका बोहरालाई हटाई चार महिना मात्र सेवा अवधी बॅाकी रहेका चक्रबर्ति कण्ठलाई महानिर्देशक बनाउन मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई दबाब सृजना गरेको अवस्थाले नयाँ सरकार आउदै गरेको अवस्थामा जादाजादैको मन्त्रीको व्यबहारले कर्मचारी चकित परेका छ्न्। जेन्जी सरकारले नियुक्ति गरेको र महानिर्देशक बोहराले छोटो समयमा रोकिएका धेरैले काम अगाडि बढाइसकेकाले त्यस्ता कर्मचारीलाई पुरस्कृत गर्नुपर्नेमा हटाउन नहुने भन्दै सचिबले अडानलिए संगै मन्त्री इङ्नामले मन्त्रालय प्रशासन महाशाखाका सहसचिव नारायण मैनालीलाई टिप्पणी उठाउन समेत दबाब बढाएको बुझिएको छ। भर्खरै नियुक्त गरिएका महानिर्देशक बोहराको कार्यसम्पादन उत्कृष्ट रहेको भन्दै अहिले नयाँ सरकार बन्दै गरेकोले केहि गर्न नहुने भन्दै सचिबको आपत्ति रहॅदा रहॅदै सुशासन, प्रचलित कानून र प्रकिया विपरित जसरी पनि सरूवा गर्ने खेल भईरहेको यस्तो शैलीबाट जनताको भर्खरै प्राप्त जनादेशको मर्ममा सुरुवात मै किन प्रहार हुँदै छ प्रश्न उठेको छ।
एकल दलको ५ बर्षको लागि बन्दै गरेको शक्तिशालि सरकारको आगामी योजना बनाउदै जनतामा सुशासन दिने गृर्हकार्यमा जुटिरहेको बखत कामचलाउ मन्त्री के को बलमा दबाब बढाइरहेका हुन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चासो दिनुपर्ने मन्त्रालय श्रोतले सम्पत्ति न्युजलाई बताएको छ।
एकहप्ता भित्र मुलुकमा शक्तिशाली सरकार बन्दै छ तर जादाजादै रकमकै बलमा महानिर्देशक परिवर्तन गर्ने हो भने यस्तो गैरजिम्मेवार कार्यले कस्तो सन्देश देला प्रश्न पेचिलो बनेको छ।
अन्य मन्त्रालयमा समेत कतिपय मन्त्रीको ग्रन्धी रसाएको बुझिन आएको छ।