जनकपुरधाममा प्रसिद्ध महामुर्ख सम्मेलनबाट यस वर्षको महामुर्खको उपाधि मधेस प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा भोगेन्द्र झालाई प्रदान गरिएको छ । होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप)ले प्रत्येक वर्ष दिँदै आएको ‘महामुर्ख’ को उपाधि यस वर्ष डा झालाई प्रदान गरिएको हो । त्यसैगरी प्रदेशसभा सदस्य मञ्जु यादवलाई अदलबदली, नेपाली कांग्रेसका नगर उपसभापति राकेश विक्रम साहलाई टिटही, मिथिला…