इजरायल र हमासबीच युद्धविरामको सहमति, जनवरी १९ देखि लागू हुने
एजेन्सी । इजरायल र हमासबीच १५ महिनादेखिको जारी युद्ध अन्त्यका लागि संघर्षविरामको सहमति भएको छ। कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाको सोमबारदेखि लगातारको प्रयत्न बुधबार राति सफल भएको र हमास र इजराइलबीच युद्धविरामको सम्झौता भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले बुधबार पत्रकार सम्मेलनमा दुई पक्षबीच युद्धविरामको सम्झौता भएको जानकारी दिएका छन्…
सम्पत्ती न्यूज
३ माघ २०८१, बिहीबार