January 15, 2025
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा रहेका पार्टीका वर्तमान पदाधिकारीको बैठक आह्वान गरेका छन्। देउवाले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई सामूहिक रुपमा बिहान ८ बजे बोलाएका छन् ।
सभापति देउवाले कांग्रेसका मन्त्रीहरूलाई छलफलका लागि बिहीबार बोलाएका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसहितका केही मन्त्रीहरू विवादमा परेका बेला सभापति देउवाले मन्त्रीहरूलाई सामूहिक रुपमा बोलाएका छन् ।
विपक्षी दलहरूले संसदको बैठक आह्वान गर्न सरकारसँग माग गरिरहेका छन् । कांग्रेस र एमालेको समीकरणको सरकारलाई दवावमा राख्न विवपक्षी दलहरूले संसदको बैठक आह्वान गर्न भनिएरहेका छन् ।
सभापति देउवाले कांग्रेसका मन्त्रीहरूको कार्यसम्पादन लगायतका विषयमा जानकारी लिन संयुक्त रुपमा बोलाएको बुझिएको छ । कांग्रेसबाट दश मन्त्री र दुई राज्यमन्त्री सहभागी छन् । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहको नेतृत्वमा कांग्रेसका मन्त्रीहरू सहभागी छन् ।
प्रकाशित मिति:January 15, 2025