वडाध्यक्षका उम्मेदवार चौधरीको निधन
काठमाडौं - दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ । नेकपा (एमाले) बाट उम्मेदवार बन्नुभएका चौधरीकोे काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले जानकारी दिनुभयो । बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला र कलेजो सम्बन्धि रोगबाट पीडित हुनुहुन्थ्यो । यसअघि उहाँ तुलसीपुर–१७ को वडा सदस्यमा निर्वाचित हुनुभएको थियो…
सम्पत्ती न्यूज
२७ बैशाख २०७९, मंगलवार