नर्कमा जाने डर देखाएर भोटमाग्दै मेयर उम्मेदवार स्थापित

  Sampatti News

May 9, 2022

काठमाडौँ-एमालेकाको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार केशव स्थापितले मलाई भोट नहाले नर्कमा पुग्ने अभिव्यक्ति दिएका छन्।

काठमाडौंको त्रिपुरेश्वर–११ वंशिघाटमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै स्थापितले आफूलाई भोट नहाले नर्कमा पुग्ने अभिव्यक्ति दिएका हुन्।

‘यो ठाउँको असजिलो पर्दा म अगाडि उभिएको हुँ, यहाँ मेरो अधिकार पनि लाग्छ’, स्थापितले सम्बोधन गर्दै भने, ‘यहाँका कोही दाजुभाइले मलाई भोट हालेन भने त्यो मान्छे नर्कमा जान्छ।’

किन यस्तो भन्नुभएको भन्ने प्रश्नमा उनले आफ्नो बचाउ गर्दै उनले भने ‘यो भनेको सांकेतिक कुरा हो क्या। एउटा पवित्रको बाटो हुन्छ। अर्को पाटो चाँही मासुभात खाने अनि बाटोमा सुत्ने खालको हुन्छ,’ स्थापितले थप प्रष्ट पार्दै भने, ‘केही राजनीतिक पार्टीले हाम्रा दाजुभाइ दिदीबहिनीलाई किन्न सकिन्छ भन्ने शब्द प्रयोग गरेको छ। कोही किनियो भने त नर्कमा नै जान्छ भन्न खोजिएको हो।’

स्थापितलाई भोट नहाल्दा तिमी बेठीक हुन्छौं भन्ने सन्देश दिनका लागि जनताले बुझ्ने भाषामा नर्कमा जान्छौ भनेर भनेको बताउदैँ आफ्नो बचाउ गरे ।

प्रकाशित मिति:May 9, 2022