त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०० ग्राम सुनसहित एक जना यात्रु पक्राउ
काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०० ग्राम सुनसहित एक जना यात्रु पक्राउ परेका छन् । कुवेतबाट जजिरा एअरमा आज मंगलबार बिहान ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका रुपन्देहीका २८ वर्षीय युवकलाई विमानस्थल भन्सार कार्यालयले सुनसहित पक्राउ गरेको हो । चेकजाँचका क्रममा मिक्सरको भित्री भागमा करिब १०० ग्राम सुनलाई कालो टेपले बेरेर लुकाएको पाइएपछि युवकलाई नियन्त्रणमा लिइएको भन्सार कार्यालयले जनाएको छ…
सम्पत्ती न्यूज
२० बैशाख २०७९, मंगलवार