चुनाव प्रचार प्रसारका लागि अध्यक्ष नेपाल गृह जिल्ला रौतहट पुगे

  Sampatti News

May 2, 2022

गौर-आसन्न स्थानिय चुनाव प्रचार प्रसारका लागि नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल गृह जिल्ला रौतहट पुगेका छन् ।

बैशाख ३० गते हुने स्थानीय निर्वाचनको प्रचार प्रसार तथा उम्मेदवारलाई उत्साहित गर्ने उद्देश्यले उनी गृह जिल्ला आइपुगेका हुन् ।

अध्यक्ष नेपाल आइतबार जिल्लाको चन्द्रपुर नगरपालिका– ८ वसन्तपुर क्षेत्रमा पुगेर घरदैलो कार्यक्रममा समेत सहभागी भएका छन् ।

स्थानीय निर्वाचनमा नेकपा (एकीकृत समाजवादी)बाट चन्द्रपुर नगरपालिकाको मेयर पदका लागि बाबुराम दाहालले उम्मेदवारी दिएका छन् ।

पार्टीको घर दैलो कार्यक्रममा उम्मेदवारको समर्थनमा अध्यक्ष नेपालले वसन्तपुर क्षेत्रका स्थानीयवासीसँग छलफल समेत गरेका छन् ।

गुणस्तरीय शिक्षा र विकास ल्याउन सबैले यस पटक कलम चिन्हमा मतदान गर्न उनले आग्रह गरे ।

अहिले आफू देशव्यापी भ्रमणमा लागेको बताउँदै उनले सुरुवात मैले आफ्नै गृह जिल्ला रौतहटबाट गरेको जानकारी दिए ।

प्रकाशित मिति:May 2, 2022