भन्सार छलेर ल्याउँदै गरेको स्वास्थ्य सामाग्री बरामद

  Sampatti News

May 2, 2022

काठमाडौं – विराटनगरमा स्वास्थ्य सामाग्री भन्सार छलेर ल्याउँदै गरेको सशस्त्र प्रहरीले बरामद गरेको छ ।
भारतको जोगवनीदेखि तस्करी गरेर ल्याइएको औषधिलगायतका स्वास्थ्यसामग्री सशस्त्र प्रहरीले विराटनगरबाट बरामद गरेको हो ।प्रहरीले २ सय ३५

प्याकेट सर्जिकल ब्लेड, २ हजार ७ सय ८० पिस प्रेग्नेन्सी टेस्ट किट र २ सय पिस अक्सिजन फेस मास्क बरामद गरेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिए ।

प्रकाशित मिति:May 2, 2022