लुम्बिनी प्रदेशको वन मन्त्रालयले गर्यो ठुलो संख्यामा कर्मचारीको सरुवा
काठमाडौं । लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्रालय मातहतका एकैपटक १२४ जना कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले अधिकृत स्तर आठौं तहसम्मका सो संख्यामा कर्मचारी सरुवा गरेको हो । मन्त्रालयले सार्वजनिक गरेको सरुवा लिष्टमा दुई वर्षभन्दा बढी कार्यरत सबै अधिकृत र रेन्जरहरूको नाम परेको छ । प्रदेश सरकारको नीतिअनुसार वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले कर्मचारीको सरुवा गरेको बताएका छन् ।…
सम्पत्ती न्यूज
९ भाद्र २०८१, आईतवार