सहसचिवको अन्तिम नतिजा सार्वजनिक
काठमाडौँ । सहसचिवको अन्तिम नतिजा सार्वजनिक भएको छ । लोक सेवा आयोगले विज्ञापन नम्बर १६६७७-०८०-८१ (मधेसी) लेखापरीक्षण सेवा, विज्ञापन नम्बर १६६५६-०८०-८१ (खुला) न्याय सेवा र विज्ञापन नम्बर १६६५८-०८०-८१ (खला) प्रशासन सेवा तर्फ लिएको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरिएको हो । आयोगले लेखापरिक्षण सेवा तर्फ एक, प्रशासन सेवा तर्फ २ र न्याय सेवातर्फ एक जनाको नाम सिफारिस गरेको छ ।
सम्पत्ती न्यूज
५ जेष्ठ २०८१, शनिबार