गोरखापत्रको महाप्रबन्धक नियुक्त
काठमाडौँ-सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक नियुक्त गरेको छ । बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले संस्थानको महाप्रबन्धक नियुक्त गरेको हो । बैठकले पत्रकार लाल ऐरीलाई गोरखापत्र संस्थानको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । कान्तिपुर टेलिभिजनमा कार्यरत ऐरी नेपाल प्रेस युनियनका सुदूरपश्चिम संयोजक हुन् ।
सम्पत्ती न्यूज
१७ चैत्र २०७८, बिहीबार