गोरखापत्रको महाप्रबन्धक नियुक्त

Nepal Cover
१७ चैत्र २०७८, बिहीबार
image

काठमाडौँ-सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक नियुक्त गरेको छ ।

बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले संस्थानको महाप्रबन्धक नियुक्त गरेको हो ।

बैठकले पत्रकार लाल ऐरीलाई गोरखापत्र संस्थानको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कान्तिपुर टेलिभिजनमा कार्यरत ऐरी नेपाल प्रेस युनियनका सुदूरपश्चिम संयोजक हुन् ।