सभामुख पदका लागि डीपी अर्यालले दिए उम्मेदवारी
काठमाडौँ, २० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद अर्यालले सभामुखमा मनोनयन दर्ता गराएका छन् । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आज बिहान ११ बजे उनले उम्मेदवारी दर्ता गराएका हुन् । अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपा सभापति एवं सांसद रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन् । सभामुखका लागि आज बिहान ११ देखि…
सम्पत्ती न्यूज
२० चैत्र २०८२, शुक्रबार