काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले काल्पनिक र गलत कुरा गरेर पार्टीलाई भ्रममा पार्ने प्रयास गर्न नहुने बताएका छन् । पार्टी बैठक बोलाउन आग्रहसहित अध्यक्ष ओलीलाई भेट्न शनिबार बालुवाटार पुगेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सचिवालयका केही सदस्य नेतासँग उनले यस्तो बताएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । त्यस अवसरमा अध्यक्ष प्रचण्ड सहितका…