कर्मचारीहरूको निर्वाचन कार्यक्रम सार्वजनिक

  Sampatti News

November 4, 2020

काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचन, २०७७ को निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यक्रम तथा कार्यतालिका सार्वजनिक गरेको हो ।

कार्यालयले मङ्गलवार कार्यतालिका सार्वजनिक गर्दै कात्तिक २५ गतेदेखि निर्वाचन कार्यक्रम नसकिँदासम्म मतदानमा सहभागी हुने कर्मचारीको सरुवा वा काज सरुवा गर्न रोक लगाएको छ ।

‘निर्वाचन सम्पन्न नभएसम्म निजामती सेवा ऐन २०४९ को दफा ५३९२० ९क० र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन सम्बन्धी विनियमावली २०६९ को विनियम १०९१० बमोजिम मतदाता हुने कर्मचारीको कात्तिक २५ देखि सरुवारकाज सरुवालगायत कार्य नगर्न नगराउन र सरुवा भइसकेको भए रमाना नगर्न नगराउन अनुरोध गरिन्छ,’ कार्यालय मन्त्रालयहरूलाई पठाएको पत्रमा भनिएको छ ।

असोज २४ गते हुने भनिएको निर्वाचन अन्तिम अवस्थामा सरकारले मङ्सिर २७ गतेलाई सार्दै प्रमुख निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्त सबै विभागीय र जिल्लाका निर्वाचन अधिकृतहरूलाई २०७७ मङ्सिर २७ गते हुने अर्को निर्वाचनसम्म निरन्तरता दिने निर्णय गरेको थियो । चुनाव सार्ने सरकारको निर्णयसँगै प्रमुख निर्वाचन अधिकृतको कार्यालयले असोज १ गतेदेखि लागू गरेको निर्वाचन आचार संहिता फुकुवा गर्दै नयाँ कार्य तालिका लगायत सम्बद्ध अन्य विषयमा पछि जानकारी गराइने जनाएको थियो ।

प्रमुख निर्वाचन अधिकृत कलानिधि पौड्यालले मङ्सिर २७ गते शनिवारका दिन हुने निर्वाचनका लागि आफू तयारी अवस्थामा रहेको बताएका छन् । ‘मङ्सिर १० मा मतदाता नामावली प्रकाशन गर्नेछौँ’ पौडेलले भने, ‘२७ गते शनिवार ९ बजेदेखि ५ बजेसम्म मतदान कार्य हुनेछ ।’

असोज २४ गतेकै निर्वाचनका लागि सबै तयारी भई सकेकोले पनि मङ्सिर २७ गतेको निर्वाचन सहज हुने प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सरकारले नै रोक्न चाहेको अवस्थामावाहेक अन्य कारणले निर्वाचन नहुने या स्थगित हुने अवस्था अव छैन ।

प्रकाशित मिति:November 4, 2020