कामना सेवा बैंकले १ अर्ब बराबरको ऋणपत्र निकाल्दै

  Sampatti News

November 4, 2020

काठमाडौँ । कामना सेवा विकास बैंकले १ अर्ब रकम बराबरको ऋणपत्र निकाल्ने भएको छ । बैंकले ऋणपत्र निष्काशनका लागि कात्र्तिक १४ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले एक हजार अंकित दरका १० लाख कित्ता बराबरको एक अर्ब रकम बराबरको ऋणपत्र निष्काशनको लागि अनुमति माग गरेको हो ।

जसमध्ये ४० करोड बराबरको ऋणपत्र सर्बसाधारणको लागि निष्काशन हुने र ६० करोड बराबरको ऋणपत्र प्राइभेट प्लेसमेन्ट अन्तर्गत निजि तवरबाट बिक्रि हुने छ ।१० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ९ दशमलव ५ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ । बैंकको ऋणपत्र निष्काशनमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

प्रकाशित मिति:November 4, 2020