काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १३ वटा निर्णय सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न १३ निर्णय सार्वजनिक गरेका हुन्। सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप कोष सञ्चालन नियमावली–२०८२ स्वीकृत गर्ने निर्णय समेत गरेको छ । सरकारले जेनजी पुस्ताद्वारा मंसिर २३ र २४…