अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना ७ दिनभित्र खाली गर्न महानगरको निर्देशन

Nepal Cover
१५ कार्तिक २०८२, शुक्रबार
image

काठमाडौं महानगरपालिकाले सूचना सार्वजनिक गर्दै सात दिनभित्र अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना खाली गर्न अनुरोध गरेको छ।

असोज २ गतेको काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका प्राधिकरणको निर्णय अनुसार सात दिनभित्र अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना खाली गर्न अनुरोध गरिएको सूचनामा उल्लेख छ।

अतिक्रमित जग्गा खाली गरेर मापदण्ड विपरीतका संरचना सात दिनमा नहटाए कारबाही गरेर खाली गर्ने जानकारीसमेत सूचनामा गरिएको छ।

सूचनामा भनिएको छ, ‘काठमाडौं महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौं जिल्ला भित्रका यस्ता सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गरी खाली गरिने यसै यसै सूचनाद्वारा जानकारी गराइन्छ।’

शुक्रबार सूचना सार्वजनिक गर्दै महानगरले यस्तो अनुरोध गरेको हो। यसअघि काठमाडौं महानगर प्रमुख बालेन्द्र साहको यो अभियान विभिन्न विवादका कारण रोकिएको थियो ।