श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घेले भेटे प्रधानमन्त्री ओली
काठमाण्डू, प्रधानमन्त्री केपी ओली र श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार भेट भएको हो । भेटमा दुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको थियो । यही पुस १३ गते निजी भ्रमणमा नेपाल आएका श्रीलङ्काका पूर्वप्रधानमन्त्रीसमेत रहेका विक्रमासिङ्घे आजै स्वदेश फर्कँदै छन् ।
सम्पत्ती न्यूज
१८ पुष २०८१, बिहीबार