राष्ट्रपतिसमक्ष ५ देशका नवनियुक्त राजदूतले लिए शपथ

Nepal Cover
१७ पुष २०८१, बुधबार
image

काठमाण्डू, राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले गणतन्त्र पोर्चुगल, मलेलिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम अधिराज्य र डेनमार्कका लागि नवनियुक्त राजदूतलाई शपथ गराएका हुन्।

प्रकाशमणी पौडेल गणतन्त्र पोर्चुगल, डा.नेत्रप्रसाद तिम्सिना मलेसिया, प्रा.डा. कपिलमान श्रेष्ठ गणतन्त्र दक्षिण अफ्रिका, सेवा लम्साल बेल्जियम अधिराज्य र सुम्निमा तुलाधर डेनमार्कले आज राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका राष्ट्रपतिको सचिवालयले जनाएको छ।