नेकपा एसः घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को जारी पदाधिकारीको निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध भएका छन् । आज १८ पदाधिकारीसहित पोलिटब्यूरो सदस्यका लागि निर्वाचन हुँदैछ । वरिष्ठ उपाध्यक्षमा प्रतिष्पर्धा गरेका घनेन्द्र बस्नेतले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै पाण्डे निर्विरोध निर्वाचित भएका हुन् । यद्यपि निर्वाचन आयोगले औपचारिक रुपमा घोषणा गर्न भने बाँकी छ । गत असारमा एकीकृत समाजवादीको महाधिवेशन सम्पन्न भएको थियो…
सम्पत्ती न्यूज
११ भाद्र २०८१, मंगलवार