झापामा छोराद्वारा आमाको हत्या
झापा । झापाको कमल गाउँपालिका–७ मा आइतबार साँझ ७ बजेतिर छोराले आमाको हत्या गरेको छ । बाह्रघरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी ५० वर्षीया आमा मीरा ऋषिदेवको हत्या गरेको हो । मदिरा सेवन गरेर आएका दिनेशले आमासँग विवाद भएपछि बञ्चरो प्रहार गर्दा आमाको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज…
सम्पत्ती न्यूज
२९ भाद्र २०७७, सोमबार