काठमाडौँ । कोरोना भाइरसका कारण नेपालमा कारागारमा रहेका ४ कैदीको मृत्यु भएको छ । केन्द्रीय कारागारका ४ जना कैदीबन्दीलाई मृत्युपछि कोरोना भाईरस संक्रमण पुष्टि भएको हो । वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका थप ४ जना कैदीबन्दीमा कोरोना भाईरस संक्रमण पुष्टि भएको केन्द्रीय कारागारका जेलर लक्ष्मी बाँस्कोटाले जानकारी दिएका छन्।
मृत्युपछि संक्रमण पुष्टि हुनेमा सिराहाका ६४ वर्षीय पुरुष, बझाङका ६० वर्षीय पुरुष, पाल्पाका ५८ वर्षीय पुरुष र दोलखाका ६९ वर्षीय पुरुष छन्। उनीहरुको वीर अस्पतालमा मृत्यु भएको थियो। ३ जना कैदीको भदौ १६ मा र दोलखा घर भएका १ कैदीको भदौ १९ मा मृत्यु भएको थियो।
त्यसअघि, भदौ १५ मा ललितपुरको मेगा अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका एकजना कैदीमा कोरोना पोजेटिभ देखिएको थियो।