पत्रकारलाई धम्की दिनेलाई कारबाहीकाे माग
नेपाल पत्रकार महासङ्घले झापास्थित बिएन्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले पत्रकारलाई धम्की दिएको भन्दै आपत्ति जनाएको छ । अस्पतालका बारेमा एक सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डनका लागि निर्देशक प्रसाईंले पत्रकार सम्मेलन गरेर पत्रकारलाई सार्वजनिक रूपमा धम्की दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी काम भएको महासङ्घको भनाइ छ । महासङ्घ झापा शाखाका अनुसार कार्यकारी निर्देशक प्रसाईंले अस्पतालबारे एक सञ्चारमाध्यममा आएको समाचारको खण्डन…
सम्पत्ती न्यूज
२२ माघ २०७८, शनिबार