सन्तोषनारायण श्रेष्ठ नियुक्त भए धितोपत्र बोर्डको अध्यक्ष
काठमाण्डू, सरकारले धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले श्रेष्ठलाई अध्यक्षमा नियुक्त गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । विद्युत् प्राधिकरणको सञ्चालक समेत रहेका श्रेष्ठ व्यवसायि हुन् । बोर्ड २०८० साल पुस २० देखि नेतृत्वविहीन थियो । तत्कालीन अध्यक्ष रमेश हमालको दुई वर्षे कार्यकाल २०८० पुस २० गते सकिएको थियो ।…
सम्पत्ती न्यूज
१० मंसिर २०८१, सोमबार