November 25, 2024
काठमाण्डू, प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको तयारीस्वरुप पूर्वप्रधानमन्त्रीहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू र मन्त्रीहरूसँग छलफल चलिरहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा छलफल जारी रहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । छलफलमा पूर्वप्रधानमन्त्रीहरू प्रायः सबै सहभागी भएका छन् ।
प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन् । प्रधानमन्त्री ओलीलाई नजिकको छिमेकी देश भारतले निम्तो दिएको छैन । यसैले उनी अर्को छिमेकी चीनको भ्रमणमा जान लागेका हुन् ।
प्रकाशित मिति:November 25, 2024