प्रधानमन्त्री दाहाल चार दिवसीय भ्रमणका लागि भारत प्रस्थान
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिवसीय भ्रमणका लागि बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नियमित जहाजमा भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । भ्रमणमा प्रधानमन्त्री दाहालसहित सरकारी र निजी क्षेत्रका गरी एक सयभन्दा बढी सहभागी छन्। दाहालको वर्तमान कार्यकालको यो पहिलो विदेश भ्रमण हो ।मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरू पनि सहभागी…
सम्पत्ती न्यूज
१७ जेष्ठ २०८०, बुधबार