आँखा पाक्ने रोग फैलिएपछि विद्यालय बन्द गर्ने निर्णय
काठमाडौँ । आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि जनकपुरका विद्यालयहरू केही दिनका लागि बन्द गरिने भएको छ। जनकपुरधाम उपमहानगरपालिकाले आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न आँखा अस्पतालबाट अनुरोध आएपछि विद्यालय बन्द गर्ने निर्णय गरेको हो। उपमहानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवद्वारा जारी विज्ञप्ति अनुसार साउन २१ गतेदेखि २६ गतेसम्म उपमहानगरमा पर्ने सम्पूर्ण सामुदायिक तथा संस्थागत…
सम्पत्ती न्यूज
१९ श्रावण २०८०, शुक्रबार