प्रदेशसभा बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मागिन विश्वासको मत
काठमाडौं-मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बागमती प्रदेशसभाको बैठकमा विश्वासको मत मागेकी छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मतमागेसँगै प्रस्तावमाथि छलफल सुरु भएको छ । बैठकमा विश्वासको मत माग्दै मुख्यमन्त्री शाक्यले प्रदेशसभामा एमाले सरकारले अहिलेसम्म गरेका काम र प्रगतीबारे बताइन् । एमाले विभाजन भएर एकीकृत समाजबादी गठन भएसगै बागमती प्रदेश सरकार अल्पमतमा परेको हो ।
सम्पत्ती न्यूज
४ कार्तिक २०७८, बिहीबार