दैलेखको उच्च पहाडी क्षेत्रमा हिमपात, हिमपातसँगै छिटपुट भएको वर्षाले किसानलाई राहत
दुल्लू, दैलेखको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। दैलेख र कालिकोट सिमानासँगै जुम्ला र जाजरकोटको सिमाना क्षेत्रपर्ने पाटनमा हिमपात भएपछि उत्तरी सिमाना निकै मनमोहक देखिएको छ। असोज महिनापछि हिउद यामको पहिलो हिमपातसँगै छिटपुट भएको वर्षाले किसानलाई राहत राहत दिएको छ भने चिसो केही बढेको छ। दैलेख सदरमुकामदेखि देखिने महावु, बेहुली, तिनचुलेका लेकाली पाटन हिउले छोपिएको छ।
सम्पत्ती न्यूज
२५ मंसिर २०८१, मंगलवार