थप ५ सय ५४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ हजार ३ सय ९ पुग्यो
काठमाडौँ । अद्यावधिक विवरणअनुसार नेपालमा थप ५ सय ५४ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ९ जना पुगेको छ । आइतबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप ५ सय ५४ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् ।
सम्पत्ती न्यूज
१३ असार २०७७, शनिबार