उपत्यका वरिपरीका डाँडामा हिमपात
काठमाडौं-काठमाडौं वरिपरीका पहाडमा हिमपात भएको छ । काठमाडौँ उपत्यका वरपर रहेका फुलचोकी, शिवपुरी, नार्गाजुन , चन्द्रागिरि लगायतका क्षेत्रमा हिमपात भएको हो । हिउँले चन्द्रागिरिको रिसोर्ट, केबलकार, भालेश्वर मन्दिर लगायतका क्षेत्र सेताम्य भएका भालेश्वर मन्दिरका पुजारी विदुर न्यौपानेले जानकारी दिए । यो वर्ष चन्द्रागिरि डाँडामा हिउँ परेको दोस्रो पटक हो । यसअघि गत पुस दोस्रो साता चन्द्रागिरिमा हिमपात भएको थियो ।…
सम्पत्ती न्यूज
२१ माघ २०७८, शुक्रबार