ललितपुरको कल सेन्टरमा सीआईबीको छापा, ५३ जना पक्राउ
काठमाण्डू, केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ललितपुर एक अवैध कल सेन्टरबाट ५३ जनालाई पक्राउ गरेको छ। ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट तीन जना भारतीय नागरिकसहित ५३ जनालाई पक्राउ गरिएको सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक हबिन्द्र बोगटीले जानकारी दिए। उनका अनुसार उक्त कल सेन्टरमार्फत अनलाइन जुवालगायत विभिन्न अवैध गतिविधि हुने गरेको थियो। विशेष सूचनाका आधारमा त्यहाँ राति छापा मारिएको उनले जानकारी दिए।…
सम्पत्ती न्यूज
२३ पुष २०८१, मंगलवार