अध्यक्ष दाहालको प्रतिवेदनमाथि छलफल सुरु, केन्द्रीय सदस्यलाई ३ मिनेटको समय

Nepal Cover
२२ पुष २०८१, सोमबार
image

काठमाण्डू, नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको छैठौं पूर्ण बैठकको दोस्रो दिनमा अध्यक्ष पुष्पकमल दाहालको प्रतिवेदनमाथि छलफल सुरु भएको छ।

दोस्रो दिनको बैठकको प्रारम्भमा अध्यक्ष दाहालले संक्षिप्त धारणा राखेपछि उनको राजनीतिक प्रस्तावमा छलफल सुरु भएको हो।

छलफलका लागि केन्द्रीय सदस्यले ३ मिनेटको समय पाउने भएका छन्।