ललितपुरको कल सेन्टरमा सीआईबीको छापा, ५३ जना पक्राउ

Nepal Cover
२३ पुष २०८१, मंगलवार
image

काठमाण्डू, केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ललितपुर एक अवैध कल सेन्टरबाट ५३ जनालाई पक्राउ गरेको छ।

ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट तीन जना भारतीय नागरिकसहित ५३ जनालाई पक्राउ गरिएको सीआइबीका प्रवक्ता प्रहरी उपरीक्षक हबिन्द्र बोगटीले जानकारी दिए।

उनका अनुसार उक्त कल सेन्टरमार्फत अनलाइन जुवालगायत विभिन्न अवैध गतिविधि हुने गरेको थियो।

विशेष सूचनाका आधारमा त्यहाँ राति छापा मारिएको उनले जानकारी दिए। पक्राउ पर्नेमा तीन जना भारतीय नागरिकबाहेक अन्य सबै नेपाली रहेका उनले बताए।

उनीहरूको साथबाट ८५ वटा ल्याप्टप कम्प्युटर र ८२ वटा मोबाइल फोन बरामद गरिएको उनले जानकारी दिए।

बोगटीले भने, ‘अवैध कल सेन्टर स्थापना गरेर धेरै नेपालीहरू पनि रहेछन्। हामीले उनीहरूलाई पक्राउ गरेका छौं। मुद्दाका विषयमा आज छिनोफानो हुन्छ।’