पृथ्वी जयन्तीको अवसर पारेर राप्रपाले आयोजना गरेको चियापानमा प्रधानमन्त्रीसहित दलका शीर्ष नेताको उपस्थिति
काठमाण्डू, पृथ्वीनारायण शाहको ३०३ औँ जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले भृकुटीमण्डपमा चियापान कार्यक्रम गरेको छ। भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीसहित विभिन्न दलका शीर्ष नेता उपस्थित भएका थिए । भृकुटीमण्डपमा प्रधानमन्त्री ओलीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताले स्वागत गरेका थिए । चियापानमा प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्का सदस्य, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, विभिन्न राजनीतिक दलका अध्यक्ष तथा नेता, पूर्वप्रधानमन्त्री, संवैधानिक निकायका प्रमुखको उपस्थिति थियो…
सम्पत्ती न्यूज
२७ पुष २०८१, शनिबार