पृथ्वी जयन्तीको अवसर पारेर राप्रपाले आयोजना गरेको चियापानमा प्रधानमन्त्रीसहित दलका शीर्ष नेताको उपस्थिति

Nepal Cover
२७ पुष २०८१, शनिबार
image

काठमाण्डू, पृथ्वीनारायण शाहको ३०३ औँ जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले भृकुटीमण्डपमा चियापान कार्यक्रम गरेको छ।

भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीसहित विभिन्न दलका शीर्ष नेता उपस्थित भएका थिए ।

भृकुटीमण्डपमा प्रधानमन्त्री ओलीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताले स्वागत गरेका थिए ।

चियापानमा प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्का सदस्य, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, विभिन्न राजनीतिक दलका अध्यक्ष तथा नेता, पूर्वप्रधानमन्त्री, संवैधानिक निकायका प्रमुखको उपस्थिति थियो ।

राप्रपा अध्यक्ष लिङ्देनको निमन्त्रणमा शीर्ष दलका नेतासँगै जलपान विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विभिन्न पेसागत सङ्घसंस्थाका प्रमुख, कलाकार, खेलाडीसहित सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वको उपस्थिति थियो ।