केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने समाजवादीको पोलिट्ब्यूरो बैठक जारी
काठमाडौं-आज नेकपा एकीकृत समाजवादीको पोलिट्ब्यूरो बैठक बसेको छ । २५–२६ फागुनमा बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्नेगरी आजको बैठक बसेको हो । बानेश्वरमा जारी पोलिट्ब्यूरो बैठकमा स्थानिय तह निर्वाचनबारे समेत केन्द्रीय कमिटी बैठकमा गरिने छलफल रणनीति तय हुने जनाईएको छ । आगामी चुनावको तयारी र पार्टीको आन्तरिक गतिविधिबारे निर्णय लिन केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।
सम्पत्ती न्यूज
२३ फाल्गुन २०७८, सोमबार